१९ कार्तिक २०८३, बिहिबार

बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले २ लाख दिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सुर्खेत, ५ कात्तिक । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले बाढी पहिरोबाट घाइते भएकाहरुलाई निःशुल्क उपचार गर्ने पनि निर्णय गरेको छ ।

कर्णालीमा गत आइतबारदेखिको निरन्तर वर्षाका कारण ८ जनाको ज्यान गएको छ भने केही घाइते समेत भएका छन् ।