शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोनाबाट विश्वभरि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु

दैनिक नेपाल २०७८ कार्तिक ५ गते १०:०२

लण्डन, ५ कात्तिक । कोरोनाका कारण ८० हजारदेखि एक लाख ८० हजार जना स्वास्थ्यकर्मीको मृत्यु भएको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्गठनले सन् २०२० को जनवरीदेखि २०२१ को मे महिनासम्ममा ८० हजारदेखि एक लाख ८० हजार जनासम्मको मृत्यु भएको हुन सक्ने जनाएको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेसियसले खोपको अन्यायपूर्ण वितरण भएको भन्दै स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमीका कारण कोरोना महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित