
काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् ।
देशभर अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबारे सहयता गर्नेबारे निर्णय हुनसक्ने बुझिएको छ ।
त्यस्तै, वुधबार नै मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री देउवाले विपद् प्राधिकरणको बैठक पनि बोलाएका छन् ।
केही दिनदेखि निरन्तर परेको वर्षाका कारण हालसम्म ४८ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया