शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

साफ खेलेका प्रत्येक फुटबल खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई ३ लाख दिने सरकारको निर्णय

दैनिक नेपाल २०७८ कार्तिक १ गते १९:१४

काठमाडौँ, १ कात्तिक । सरकारले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले साफ उपविजेता बनेको नेपाली फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिक्रिया
सम्बन्धित