२ कार्तिक २०८३, सोमबार

साफको फाइनल खेलमा अलमुताइरी किन भए निलम्बित ?

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असोज । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहेँलो कार्ड पाएको भन्दै साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन् ।

यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवौँ खेलमा दुईवटा पहेँलो कार्ड पाएका अलमुताइरीलाई साफले फाइनल खेलका लागि निलम्बिन गरेको जनाएको छ ।

अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् ।

‘मलाई कारबाही गर्न कै लागि नियम परिवर्तन गरियो । यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ उनले भने, ‘यो मलाई होइन, नेपाली फुटबललाई कारबाही हो ।’

साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको तर्क छ । यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू हुने उनको भनाइ छ ।