बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नेपालको ऐतिहासिक जीत, साफ च्याम्पियनसीपको फाइनल प्रवेश

दैनिक नेपाल २०७८ असोज २७ गते २०:५२

काठमाडौँ, २७ असोज । नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ ।

वुधबार साँझ भएको खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको हो । ४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

खेलको नवौँ मिनेटमा नै नेपाल सुमोन रेजाको गोलमा पछि परेको थियो । त्यसपछि भने नेपालले खेलमा नियन्त्रण राख्दै बंगलादेशमाथि दबाब राखेको थियो ।

खेलको ७९ औँ मिनेटमा बंगलादेशका गोलकिपर अइनसुर रहमान जिकोले रातो कार्ड पाएपछि नेपालले थप राहत पाएको थियो । तर, बराबरी गोलका लागि नेपालले ८८ औँ मिनेटसम्म पर्खनुपरेको थियो । नेपालले पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गर्दै खेल बराबरी गरे ।

अब भारत र माल्दिभ्सबीचको खेलले दोस्रो फाइनलिस्ट को हुने तय गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित