
काठमाडौँ, २६ असोज । मुगुमा भएको बस दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा १४ जना घाइते भएका छन् । उनीहरुलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय, मुगुले जनाएको छ ।
घटनास्थलमा उद्धार कार्य जारी छ ।
मंगलबार नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना भएको हो ।
बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उद्धारका लागि सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ ।















प्रतिक्रिया