२ कार्तिक २०८३, सोमबार

मुगुमा ३९ जना यात्रुसहित बस दुर्घटना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असोज । मुगुमा ३९ जना यात्रु बोकेको बस दुर्घटना भएको छ ।

मंगलबार नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना भएको हो ।

बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाको विवरण आउन बाँकी रहेको जनाइएको छ भने उद्धारका लागि सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ ।

हाल घाइतेहरुको उद्धार गरेर विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ ।