शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

चीनमा बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु

दैनिक नेपाल २०७८ असोज २६ गते १५:२९

काठमाडौँ, २६ असोज । चीनमा बाढीका कारण कम्तिमा १५ जना व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी तीनजना व्यक्ति बेपत्ता भएका छन् ।

उत्तरतर्फको सान्छी प्रान्तमा यस बाढीले कम्तिमा १७ लाख ५० हजार मानिसलाई प्रभावित गरेको र त्यसमध्ये झन्डै १ लाख २० हजार जनता विस्थापित बनेको चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

बाढीका कारण १९ हजार ५ सयवटा घरहरुमा क्षति पुगेको छ । सान्छी प्रान्तको कुन क्षेत्र सबैभन्दा धेरै प्रभावित छ भन्ने खुलेको छैन, यद्यपी यस बाढीका कारण प्रत्यक्ष रुपमा ७ सय ७० मिलियन अमेरिकी डलर घाटा हुने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रभावित जनतालाई उद्धार गर्ने काम अहिले पनि जारी छ । चीनमा यसअघि गत जुलाईमा हेनान प्रान्तमा बाढी गएको थियो । उक्त घटनामा ३ सयजनाले ज्यान गुमाएका थिए । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित