२ कार्तिक २०८३, सोमबार

आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्ससँग दिल्ली क्यापिटल्स पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २३ असोज । आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ ।

हिजो भएको रोमाञ्चक खेलमा दिल्लीले दिएको एक सय ६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अन्तिम बलमा भेट्टायो ।

अन्तिम बलमा पाँच रन चाहिएकोमा बेङ्ग्लोरका शिखर भरतले छक्का हानेर टिमलाई जिताए । भरत ७८ रनमा नटआउट रहे भने ग्लेन म्याक्सवेलले नटआउट ५१ रन बनाए ।

आईपीएलमा अब चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सले पहिलो प्लेअफ खेल्नेछन् । बेङ्ग्लोर र कोलकाताले इलिमिनेटरमा खेल्नेछन् ।