२ कार्तिक २०८३, सोमबार

एकीकृत समाजवादीबाट झाँक्रीसहित ४ जना मन्त्री बन्ने, को कुन मन्त्री बन्दै ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असोज । नेकपा एमाले फुटाएर माधव नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीबाट ४ जना मन्त्री बन्ने भएका छन् । जसमध्ये एक जना भने राज्यमन्त्री रहेका छन् ।

पार्टीले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठलाई सरकारमा सहभागी गराउने भएको छ ।

झाँक्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीका लागि सिफारिस गरिएको छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठ तथा शहरी विकासमा प्रेम आलेलाई सिफारिस गरिएको छ ।

राज्यमन्त्रीका विषयमा भने अझै टुंगो नलागेको बुझिएको छ ।