शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आईपीएलमा मुम्बई इण्डियन्सद्वारा राजस्थान रोयल्स पराजित

दैनिक नेपाल २०७८ असोज २० गते ७:०३

नयाँदिल्ली, २० असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ ।

शारजाहमा मङ्गलवार राति भएको खेलमा राजस्थान रोयल्सले दिएको ९१ रनको लक्ष्य मुम्बई इन्डियन्सले ८ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेट्टायो । मुम्बईका इशान किशनले अविजित ५० रन जोड्दै अर्धशतकीय पारी खेले । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन बनाए । मुम्बईका नाथन कल्टर नायलले चार, जेम्स निशमले तीन तथा जस्प्रित बुम्राहले दुई विकेट लिए ।

जितसँगै मुम्बईले प्लेअफको सम्भावना कायम राखेको छ । मुम्बई १३ खेलमा १२ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलमा १० अङ्क रहेको राजस्थान सातौँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित