४ मंसिर २०८३, शुक्रबार

राजकुमार लेखी एमालेमा फर्किने, ओलीले आजै भव्य स्वागत गर्ने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । तत्कालीन राजपाका नेता एवम् नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी १० वर्षपछि एमालेमा प्रवेश गर्न लागेका छन् ।

दुई दिनअघि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका नेता लेखी आइतबार दिउँसो १० बजे गोदावारीमा भइरहेको विधान महाधिवेशनबाट एमाले प्रवेश गर्ने कार्यक्रम छ । लेखीसहितको ठूलो समूहलाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ ।

लेखीले २०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा काम गरेका थिए । वामपन्थी राजनीतिप्रति झुकाव राख्ने लेखीले २०४६ सालपछि एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

लेखीले २०६८ सालमा एमाले परित्याग गरी नागरिक पार्टी गठन गरेका थिए । उनी २०४६ सालमै थारु कल्याणकारिणी सभाको सदस्य थिए ।