काठमाडौं, १५ असोज । प्रहरीले काठमाडौंमा सुनको सिक्री र नगद लुट्ने तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ सरकारी धारा बस्ने गोरखाको अजिरकोट गाउँपालिका–४ घर भएका २६ वर्षीय अजय रेग्मीको १.५ तोलाको सुनको सिक्री र नगद ८ हजार रुपियाँ टोखा नगरपालिका–९ गोँगबु शिवमन्दिर नजिकबाट बिहीबार बिहान लुटपाट भएको थियो । लुटपाट भएपछि प्रहरी लुटेर खोज्न खटिएको थियो ।
रेग्मीले घाँटीमा लगाएको सुनको सिक्री र नगद अपरिचित ३ जनाले लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।











प्रतिक्रिया