४ मंसिर २०८३, शुक्रबार

पर्वतमा जुवातास खेलिरहेका ७ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, १५ असोज । पर्वत जिल्लाको कुश्मा नगरपालिका–४ ओमशान्ती टोल बस्ने पवित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा मोदी गाउँपालिका–५ बाझुङ बस्ने ४२ वर्षीय हरिबहादुर खत्रीसहित ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ४६ हजार १ सय ३० रुपियाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरू उपर जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।