मकवानपुर, १४ असोज । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–८ देवीटारस्थित गिरखे खोलाले बगाएर सोही गाउँपालिका–८ गोङरे बस्ने कृष्ण बहादुर थिङकी छोरी १२ वर्षीया मनिता माया थिङको मंगलबार दिउँसो मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका–८ स्थित देवीटार माध्यमिक विद्यालयबाट घर जानका लागि खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ किलोमिटर टाढा उनको शव फेला पारेको हो ।











प्रतिक्रिया