४ मंसिर २०८३, शुक्रबार

क्यानडाका नागरिकको मनास्लु हिमालमा मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १४ असोज । गोरखा जिल्लाको मनास्लु हिमाल आरोहणका क्रममा क्यानडाका एक नागरिकको मृत्यु भएको छ ।

आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको हिजो मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेका उनी बुधबार बिहान ७ः३५ बजेतिर अचानक ढलेर बेहोस भएपछि ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताए ।

उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणका लागि त्यहाँ पुगेका थिए । कैलाश एअरको हेलिकप्टरमार्फत उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।