
बर्दिया, १३ असोज । बर्दियाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ ।
मंगलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । –रासस












प्रतिक्रिया