१९ कार्तिक २०८३, बिहिबार

बैंकिङ कसूरमा साढे १० लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १२ असोज । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कपन बालुवाखानी बस्ने खोटाङ गाउँपालिका–३ घर भएका २६ वर्षीय खगेन्द्र खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र नगद १० लाख ६५ हजार ९ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौँ बालुवाखानीबाट पक्राउ गरेको हो ।

खत्रीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।