मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

काठमाडौंमा बन्धक बनाई राखेकी महिला बलात्कार गर्ने पक्राउ

दैनिक नेपाल २०७८ असोज १२ गते ११:५९

सांकेतिक तस्वीर

काठमाडौं, १२ असोज । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका–१७ घर भएका ३९ वर्षीय निरज शर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

निरज र उनकै श्रीमती ३८ वर्षीया नितु शर्मा समेतले आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई राखेकोमा निरजले जबरजस्ती करणी समेत गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित