बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

थप १ हजार २८२ जनामा कोरोना पुष्टि, १ हजार २६२ निको, ७ को मृत्यु

दैनिक नेपाल २०७८ असोज ११ गते १६:४८

काठमाडौँ, ११ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार २८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ८१ र एन्टिजेन विधिबाट ३ हजार ४०७ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार २८२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ८३ हजार २२१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २६२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ६२ हजार ४१६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३८५ संक्रमित आइसीयुमा छन् भने १२५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६१ लाख ६५ हजार ५२ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६७ लाख ९३ हजार ४५६ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १०३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित