शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कांग्रेस नेता एवम् संविधानसभा सदस्य एमालेमा प्रवेश

दैनिक नेपाल २०७८ असोज ११ गते ११:५५

काठमाडौं, ११ असोज । तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी एमालेमा प्रवेश गरेका छन् ।

झापाको विर्तामोड–४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गरेका छन् ।

राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो । दोस्रो संविधानसभामा पनि उनी सदस्य थिए ।

प्रतिक्रिया
सम्बन्धित