बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आकाशमा बिग्रिएको बुद्ध एयरको जहाज सकुशल अवतरण

दैनिक नेपाल २०७८ असोज ११ गते १०:५१

काठमाडौं, ११ असोज । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ ।

सोमबार बिहान विराटनगरमा ल्यान्ड हुन नसकेर जहाज काठमाडौं फर्किएको थियो । चालक दलको कुशलताले जहाज सकुशल अवतरण भएको छ ।

जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो ।

ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित