बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्दै एमाले

दैनिक नेपाल २०७८ असोज १० गते १७:५१

काठमाडौँ, १० असोज । नेकपा एमालेले अब ७ उपाध्यक्ष राख्ने प्रस्ताव अनुमोदन गर्ने भएको छ ।

एमालेको प्रस्तावित विधानमा ३ जना उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको थियो । जसमा सुझावका रुपमा अधिकांश नेताहरुले ७ जना उपाध्यक्ष राख्नुपर्ने सुझाव दिएका थिए ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने क्रममा सात जना उपाध्यक्षको अवधारणा सकारात्मक भएको बताएका छन् ।

‘सात उपाध्यक्ष राख्नुपर्ने यो सुझाव धेरैको छ । यो सकारात्मक पनि छ, त्यसैले यो सुझाव ग्रहण गर्दै बैठकबाट अघि बढ्छ र विधान महाधिवेशनले निर्णय गर्छ,’ ओलीले भने ।

प्रतिक्रिया
सम्बन्धित