शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ताजा जनादेशमा जाने कुरा हिजो, आज र भोलि पनि ठीक होः केपी ओली

दैनिक नेपाल २०७८ असोज १० गते १७:२४

काठमाडौँ, १० असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने कुरा जहिल्यै पनि ठीक भएको बताएका छन् ।

उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो’, अध्यक्ष ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’ त्यस्तै अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोचि विचारी नै गरेको पनि बताए ।

‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन’, अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित