शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

थप ८३४ जनामा कोरोना पुष्टि, १ हजार २७९ निको, ९ को मृत्यु

दैनिक नेपाल २०७८ असोज १० गते १७:०५


काठमाडौँ, १० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ८३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ५८९ र एन्टिजेन विधिबाट ५ हजार १४७ एन्टिजेन परीक्षण गरिएकोमा ८३४ जनामा संक्रमण देखिएको हो ।यससँगै कुल संक्रमितको संख्या ८ लाख ८१ हजार ९३९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २७९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ६१ हजार ९५४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेको छ ।

मन्त्रालयका अनुसार ३४७ संक्रमित आइसीयुमा छन् भने १०५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६६ लाख ९ हजार २३३ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित