शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

महेश बस्नेतले हटाए भाई–बुहारीलाई बधाई दिएको तस्बिर

दैनिक नेपाल २०७८ असोज १० गते १०:१७

भक्तपुर, १० असोज । एमालेका नेता महेश बस्नेतले आफ्नो नाता पर्ने ‘भाइ–बुहारी’लाई शुभकाना र बधाई दिएर फेसबुकमा पोस्ट गरेको विवाहको तस्विर हटाएका छन् ।

तस्बिरमा कमेन्ट र लाईकहरू अत्याधिक आएका थिए । कमेन्ट नानाभाँती आएपछि एमालेका नेता बस्नेतले तस्बिर हटाएको चर्चा छ ।

एमालेको भ्रातृ संगठन युथ फोर्स नेपालका मोरङ अध्यक्ष परशुराम बस्नेतकी डिभोर्सी कान्छी श्रीमतीलाई बस्नेतका १३ दिनभित्रका भाईले विवाह गरेका थिए ।

बिहीबार साँझ एमालेका नेता बस्नेतले फेसबुकमा भाई र बुहारीको फोटो पोष्ट गरेर बधाइ दिएको जनआस्थाको अनलाइन संस्करणले समाचारमा उल्लेख गरेको छ ।

नेता बस्नेतले पोष्ट गरेको तस्बिरमा ८ सय १८ कमेण्ट र ३ सेयर भए भएको समाचारमा उल्लेख छ । त्यसपछि बस्नेतले तस्बिर हटाएका थिए ।

बस्नेतका भाई र पर्शुरामलाई छाडेकी कान्छी पन्ती लामो समयदेखि लिभिङ टुगेदरमा रहेको युथफोर्स स्रोतलाई उल्लेख गर्दै समाचारमा उल्लेख छ ।

कान्छी ल्याएपछि पर्शुरामले जेठीलाई हेलाँ गरेको आरोप छ । कान्छीले छाडेपछि पर्शुराम जेठीसँगै बस्न थालेको समाचारमा उल्लेख छ ।

कान्छी श्रीमती पछिल्लो तीन वर्षदेखि भक्तपुरका बस्नेतसँग लिभिङ टुगेदरमा बसेपछि पर्शुरामले पार्टीमा उजुरी हालेको चर्चा थियो ।

महेश र पर्शुरामबीचको कटुता र तिक्ततापूर्ण सम्बन्धलाई कतिपयले कान्छीको विषयसँग जोड्ने गरेका थिए ।

पर्शुरामले शीतल निवासमा र पटक–पटक बालुवाटारमा गएर महेशका विरुद्ध उजुरी दिएको समाचारमा उल्लेख छ । महेश र पर्शुरामबीच बोलचाल छैन ।

प्रतिक्रिया
सम्बन्धित