शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एमालेका प्रवक्ता ज्ञवालीले गराए पिक्यानको उपत्यका कमिटीलाई शपथ

दैनिक नेपाल २०७८ असोज १० गते ९:५२

काठमाडौं, १० असोज । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पिक्यानको उपत्यका विशेष कमिटीलाई शपथ ग्रहण गराएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका ज्ञवालीले नयाँ कमिटीलाई शपथ गराएका हुन् ।

पिक्यानको अध्यक्षमा दया थापा चयन भएका छन् । कमिटीमा ३७ जना सदस्य छन् ।

चैतन्य खरेल, दीपक खनाल, सुशीला भण्डारी, बलराम आचार्य, क्षितिज विष्ट गरी ५ उपाध्यक्ष चयन भएका छन् ।

कमिटीले कृष्णराज भट्टराईलाई सचिवको जिम्मेवारी दिएको छ । दीपक बास्तोला, गङ्गाराम बस्नेत, निरञ्जन सिवाकोटी र रविन तिमल्सिनाले सह–सचिवको जिम्मेवारी पाएका छन् । कोषाध्यक्षको जिम्मेवारी राम थापाले पाएका छन् ।

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) का अध्यक्ष तथा पिक्यानका संस्थापक केन्द्रीय सदस्य बासु नेपालले परामर्श व्यवसायी संघलाई कसले मोनिटरिङ गर्छ भन्ने टुङ्गो नहुँदा संविधान जारीपछि आफूहरू टुहुरो भएको बताए ।

बुद्धिप्रसाद रेग्मीले व्यवसायीका समस्या पटक–पटक राख्दा पनि सुनुवाइ नभएको बताए ।

एमालेका नेता ज्ञवालीले विविध कारणले विश्वस्तरको गौरव गर्न लायक शिक्षा बनाउन नसकेको नेपालमा व्यवसायीको भूमिका प्रशंसनीय भए पनि सधैँ यो व्यवसाय वृद्धि हुनुमा नै गौरव गर्न नसकिने बताएका छन् ।

एमालेको प्रतिनिधि सभाका सांसद एलपी साँवा लिम्बूले व्यवसायी सफल भए मात्र यस्ता संघ संस्था टिक्ने भन्दै व्यवसायीले आफ्नो सिर्जनात्मक क्षमतालाई जसरी पनि विद्यार्थी मनाउनेतिर भन्दा उनीहरूलाई वास्तविक चित्र देखाएर गुणस्तरीय सेवा दिनेतिर केन्द्रित गर्नुपर्ने बताए ।

एमाले परामर्श शाखा कमिटीका अध्यक्ष खड्गबहादुर ताम्लिङ्ग लिम्बुले शाखा पार्टी गतिबिधिको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित