मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

देउवाले बोलाए पदाधिकारीहरूको बैठक

दैनिक नेपाल २०७८ असोज ६ गते ७:२६

काठमाडौं, ६ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र १४औँ महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।

सरकारमा सहभागी हुने मन्त्रीहरुका नामका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको प्रस्तावमा सत्तापक्ष गठबन्धनका नेताहरुले मंगलबार परराष्ट्रमन्त्री बनाउन डाक्टर नारायण खड्कालाई सहमति जनाएका छन् ।

सहमति जुटेसँगै देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेका छन् । उनले आजै शपथ लिनेछन् ।

शपथ लिए लगत्तै खड्का राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने छन् । खड्का नेतृत्वमा चार सदस्यीय टोली आजै साँझ न्युयोर्कतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघीय मामिला हेर्ने सहसचिव र एकजना अधिकृत सहभागी हुने तय भएको छ । खड्काले नेपालका तर्फबाट महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूसँगको सल्लाह नगरी मन्त्री नियुक्त गर्ने निर्णय गरेको भन्दै मान्य नहुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित