शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

जोशीले भक्तपुर कांग्रेस ध्वस्त बनाउने

दैनिक नेपाल २०७८ असोज ५ गते १२:३६

भक्तपुर, ५ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जोडतोडका साथ अगाडि बढिरहेका बेला भक्तपुर कांग्रेसलाई पनि अधिवेशन लागेको छ ।

वडा अधिवेशन सम्पन्न गरेर नगर अधिवेशनको तयारीमा लागेका बेला भक्तपुर कांग्रेसका नेता बाबुराजा जोशीले भाँडभैलो मच्चाएको आरोप लागेको छ ।

कानून सुधार आयोगका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता समेत रहेका जोशीले भक्तपुर कांग्रेसका नेताहरूलाई उचालेर सहमतिको वातावरण विथोल्न खोजेको आरोप भक्तपुर कांग्रेसका नेता कार्यकर्ताहरूको छ ।

कांग्रेसको जिम्मेवार नेता भएर पनि जोशीले अधिवेशनलाई सहयोग गरेर मेलमिलापको नीतिका साथ अगाडि जानुपर्नेमा नेता कार्यकर्तालाई भड्काउन थालेपछि आक्रोश बढेको छ । वरिष्ठ अधिवेक्ता जोशीलाई बेलाबेला विभिन्न आक्षेप र आरोपहरू पनि लाग्दै आएका छन् ।

कांग्रेस नेता एवम् वरिष्ठ अधिवक्ता जोशीले भक्तपुर कांग्रेसलाई बिगार्नेभन्दा पनि आफू बनाउन लागेको प्रतिक्रिया दिएका छन् । उनले कांग्रेसको नाममा हुन गलत कुरालाई रोक्न आफू सक्रिय भएको बताएका छन् ।

मानव बेचबिखन तथा शरीर बन्धकको अभियोगमा पक्राउ परेका दिनेशचरण श्रेष्ठ साँगाछेलाई वरिष्ठ अधिवक्ता जोशीले छुटाउन लागेको आरोप छ ।

कांग्रेसको नेता एवम् वरिष्ठ अधिवक्ता भएर झिनामसिना कुरालाई बोकेर हिँडेको भन्दै जोशीको आलोचना पनि भएको छ । जोशीलाई कांग्रेसको राजनीति वा कानून व्यवसाय गतिलो गरेर गर्न कार्यकर्ताहरूको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित