सिन्धुली, ५ असोज । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् ।
प्रहरीले जलकिनी बस्ने ५० वर्षीय नुरबहादुर बस्नेत लगायत ५ जनालाई सोमबार बिहान पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा बस्नेतको घर र गोठ तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।











प्रतिक्रिया