बुटवल, ४ असोज । बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीले ज्योतिनगरमा दनक भेटेका छन् ।
ज्योतिनगरमा खसेको पहिरो अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई स्थानीय एक युवकले मुक्का हानेर ढालेका हुन् । मुक्का खाएका मेयर सुवेदीलाई प्रहरीले बचाएर लगेको छ ।
पहिरो अवलोकनका लागि मेयर सुवेदी, नगर प्रहरी, नेपाल प्रहरीको टोली लिएर दलबलसहित पुगेका थिए । मेयर सुवेदी एमालेका नेता समेत हुन् ।
सो स्थानमा केही दिन अगाडि पहिरो खसेर घरहरूमा क्षति पु¥याएको थियो । सोमबार पनि पहिरो खस्दा ३ वटा घरमा क्षति पुगेको छ ।
पहिलोमा परेका जनताको माग सुनुवाइ नगरेको भन्दै रिसाएका स्थानीयले मेयर सुवदीमाथि आक्रमण गरेको जनाएका छन् ।











प्रतिक्रिया