काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा सरकारद्वारा प्रदान गरिएको पदकलाई पत्रकार हरिबहादुर थापा अस्वीकार गरेका छन् ।
कार्टुनिष्ट रविन सायमीले पनि सरकारबाट प्रदान गरिएको पदक नलिने घोषणा गरेका छन् ।
इकागज डटकमका प्रधानसम्पादक थापाले सामाजिक सन्जालमार्फत् पदक अस्वीकार गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’
सरकारले संविधान दिवस २०७८ को अवसरमा ९ सयभन्दा बढीलाई पदक दिने निर्णय गरेको छ ।











प्रतिक्रिया