४ मंसिर २०८३, शुक्रबार

संविधानको सफल कार्यान्वयनले मुलुकको समृद्धि हुन्छ : देउवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताएका छन् ।

आइतबार सातौं संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्दै समृद्धिको लक्ष्य हासिल गरिने पनि बताए ।

‘समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ,’ प्रधानमन्त्री देउवाले भने। उनले संविधान जारी भएको दिन नेपालीको विशिष्ट पर्व भएको पनि बताए ।

उनले चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोना खोप लगाइने बताए । उनले संविधानको रक्षा र कार्यान्वयनमा प्रतिवद्ध रहेको पनि बताएका छन् ।

‘संविधानको सफल कार्यान्वयनबाट समृद्धि कायम गर्नु साझा संकल्प हो,’ उनले भने । उनले इमान्दारीतापूर्वक काम गर्न प्रतिवद्ध रहेको पनि बताए ।

संविधान कार्यान्वयन गर्न संवाद, सहमति र सहकार्यबाटै संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाइने पनि बताए । उनले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।