४ मंसिर २०८३, शुक्रबार

एमालेको स्थायी कमिटीको बैठक आज बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

आइतबार दिउँसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने भएको हो ।

विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार स्थायी कमिटीमा विधान महाधिवेशन तयारीबारे छलफल हुन्छ । एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ ।

विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन् ।