४ मंसिर २०८३, शुक्रबार

बीच बाटोबाटै फर्कियो सीमास्तम्भ अध्ययन टोली

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, २ असोज । हुम्ला खण्डका चीनसँग पर्ने उत्तरी क्षेत्रका सीमास्तम्भको अध्ययन समितिको टोली लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सीमास्तम्भको अध्ययन गरे पनि ३, ४ र ११ नम्बर पिलरमा नपुगी फिर्ता भएको छ ।

सिमकोटबाट गाडीमा लाप्चा, लिमी र लिमीबाट पैदल हिल्सासम्म पुगेको टोली शुक्रबार हेलिकप्टरबाट बाँकी तीन वटा पिलरको अध्ययन गर्ने भनिए पनि टाकुलेमा हावा लागेको कारण फिर्ता भएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चीनसँगका सीमास्तम्भको सीमा अध्ययन समिति लाप्चा र हिल्सा क्षेत्रका सीमास्तम्भ अध्ययन गरे पनि ३, ४ र ११ नम्बरमा नपुगेरै टोली फिर्ता हुनुपरेको बताए ।

उनले संयोजक जयनारायण आचार्यको नेतृत्वमा सात सदस्यीय टोली भदौ २६ हुम्ला आएर भदौ २७ गते त्यसतर्फ लागेको थियो ।