काठमाडौं, २८ भदौ । प्रमुख विपक्षी दल एमालेले संसद अबरोध गरेर हैरान बनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक सोमबार दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गका बैठकहरूमा एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेर सदनका कारबाही अवरुद्ध गर्ने प्रयास गर्दै आएका छन् ।
एमालेका सांसदहरूको नाराबाजीकै बीच यसअघि बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने ल्याएको अध्यादेश पेस भएको थियो ।











प्रतिक्रिया