काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेता कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् ।
अन्तर्वार्ताका क्रममा आइतबार पौडेलले सिटौला समूहको तेस्रोधारबाट महामन्त्रीमा उम्मेदवार बन्ने बताएका हुन् । उनले आफूलाई महामन्त्रीको स्वभाविक उम्मेदवार भएको बताएका छन् ।
‘तेस्रो धारमै अडिग रहेर महामन्त्रीमा उम्मेदवारी दिँदैछु’, युवा नेता पौडेलले भने, ‘महाधिवेशनमा धारहरू उदाउने, गुटहरू जन्मिने परिस्थिति बन्छन् ।’
उनले भनेका छन्, ‘हामी अलिकति भिन्न ढंगको वैचारिक हिसाबले संगठित हुने, फरक ढंगबाट प्रस्तुत हुने सोँचका साथ अगाडि बढिरहेका छौं ।’
केन्द्रीय महाधिवेशन आउन अझै दुई महिना बाँकी रहेको भन्दै पौडेलले भने, ‘प्यानल त उम्मेदवारीको प्रक्रियासँगै पनि बन्न सक्छ ।’ नेता पौडेलले सिटौला समूहमा रहेर महामन्त्रीमा उम्मेदवारी दिने दोहोर्याएका छन् ।











प्रतिक्रिया