
काठमाडौँ, २४ भदौ । एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्सको टोली काठमाडौँ आइपुगेकाे छ ।
उनीहरु कतार एयरलाइन्सको विमानबाट बिहान सवा ९ बजे त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनीहरुलाई त्रिभुवन विमानस्थलमा अमेरिकी दूतावास र एमसीसी नेपाल कार्यालयका अधिकारीले स्वागत गरे ।
विरोध हुने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
एमसीसी टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवा लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।
एमसीसीको चर्को विरोधका बाबजुद टोली नेपालमा आएको हो ।












प्रतिक्रिया