
नवलपरासी, २३ भदौ । नवलपरासीमा अवैध रुपमा ल्याएकोृ करिब ६ लाख रुपैयाँ बराबरको कपडासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सुस्ता गाउँपालिका–१ बरुवाचोकस्थित सडकबाट लु.१ ह १२२४ नम्बरको अटोरिक्सामा अवैध रुपमा ल्याउँदै गरेको करिब ५ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको कपडासहित अटोरिक्साका चालक बर्दघाट नगरपालिका–४ बस्ने ४१ वर्षीय ईन्द्र बहादुर थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारी र ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले अटोरिक्सा जाँच गर्दा उक्त मूल्य बराबरको टिसर्ट र २१ मिटर थान कपडा फेला पारी अटोरिक्सासहित थापालाई पक्राउ गरेको हो ।
उनलाई बरामद कपडा तथा अटोरिक्सा सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर नवलपरासी पश्चिममा पठाइएको छ ।












प्रतिक्रिया