
काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्ना पार्टीका सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले सांसदहरुलाई वुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित हुँदै प्रभावकारी भूमिका खेल्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन् ।
सरकारले पछिल्लो समय जनताका सरोकार भन्दा पनि छिमेकी राष्ट्रलाई खुशी बनाउन एमसीसी पास गर्ने हर हद प्रयास गरिरहेको छ । यद्यपि काँग्रेस भित्रै एमसीसीबारे ठोस निर्णय हुन सकेको छैन ।












प्रतिक्रिया