१८ कार्तिक २०८३, बुधबार

एमालेको रिटमा विपक्षीलाई झिकाउन सर्वोच्चको आदेश

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ले दायर गरेको रिटमा विपक्षीलाई झिकाउने आदेश जारी गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले यस्तो आदेश जारी गरेका हुन् ।

एमालेका अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध भदौ १७ मा रिट निवेदन दर्ता गरेका थिए । अदालतले निर्वाचन आयो समक्ष १५ दिनभित्र लिखित जवाफ मागेको जनाइएको छ ।

पार्टीले कारवाही गरिसकेका सांसदहरुको गणनामा एमाले फुटाउने गरी आयोगले मान्यता दिएको विरुद्ध एमालेले रिट हालेको थियो ।