१८ कार्तिक २०८३, बुधबार

रंगमञ्चका कलाकार प्रकाश दाहाल ‘दाह्री भाई’ तीन दिनदेखि सम्पर्कविहीन

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भदौ । झापाका रंगमञ्च कलाकार प्रकाश दाहाल ‘दाह्री भाई’ तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

हल्दिवारी–१, गोलधाप बजार स्थायी घर भएका २७ वर्षीय दाहाल भदौ १९ गते रातीदेखि सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ ।

उनी केही समयअघि बिर्तामोडमा ‘दाह्री भाइ’ चिया पसल सञ्चालन गर्दै आएका थिए । हाल भने दमक थिएटरमा काम गर्दै आएका दाहाल केही महिनादेखि सोही थिएटरमा अभिनय पनि सिकाउँदै आएका थिए ।

बहुमुखी प्रतिभाका धनी प्रकाश बोलक्कड र तार्किक क्षमता भएका युवा हुन् । उनी ‘दाह्री भाइ’ को उपनामले परिचित छन् ।

थिएटर मै बस्दै आएका उनलाई भदौ १९ गते ११ बजे राती सँगैको साथीले कोठामा नदेखेपछि परिवारलाई खबर गरेकाे बताइएकाे छ ।

उनको मोवाइल, चप्पल समेत कोठा मै भेटिएको परिवारले जनाएको छ भने उनी माथिको कपडा समेत नलगाइ हिँडेका बताइएको छ ।

परिवारले दमक प्रहरीमा प्रकाशको खोजीको माग गर्दै निवेदन दिएको छ ।