
-वि वि श्रेष्ठ
दमौली, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य किरण गुरुङ्गले एमाले छाडेर जानेहरु चाँडै नै फर्केर मुलधारमा आउने बताए ।
विचार र कार्यनितीमा कुनै असमानता नभए पनि फगत सत्ता र शक्तिका लागि पार्टी नै विभाजन गरेर जानु देश र कम्युनिष्ट आन्दोलनका लागी नै घातक भएको बताए । पार्टी फुटको कुनै औचित्य नभएको दावी गर्दे उहाँहरुको क्रान्तिकारीता केही समयपछि देखिने बताए ।
विगतमा विचार र कार्यदिशामा फरक भएर एमाले विभाजन हुदाँको स्मरण गर्दे गुरुङ्गले पार्टी फुटको कुनै अस्तित्व नभएको बताए ।
संवैधानिक व्यवस्थालाई लत्याउदै अनुकुल अध्यादेश ल्याई पार्टी विभाजनको मतियार देउवा सरकार भएको बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्धारा आयोजित तनहुँको वैठकलाई सम्वोधन गर्दे पाार्टी स्थायी कमिटी सदस्य गुरुङ्गले सो कुरा बताएका थिए ।
देशभर नै एमाले विभाजनले जनतामा कुनै असर नपारेको हुदाँ आ–आफनो कार्यक्षेत्रमा ढृढताका साथ जनताको काम गर्न पनि उनले निर्देशन दिए ।
त्यसैगरि विशिष्ट अतिथी नेकपा (एमाले) वैकल्पिक पोलिटव्युरो सदस्य एवं प्रदेश कमिटी अध्यक्ष जगत विश्वकर्माले देशी विदेशी शक्तिले कम्युनिष्ट एकता नचाहेको सन्दर्भमा पार्टीको वरिष्ठ नेता माधव कुमार नेपाल त्यसको मतियार वनेको बताए । पार्टी र सरकार स्वभाविक रुपमा चलिरहेको सन्र्दभमा शक्ति र सत्ताका लागी सरकार असफल वनाउन मात्र लागेको पनि उनले बताए ।
कार्यक्रममा नेकपा (एमाले) को केन्द्रिय सदस्य एकवहादुर रानाले पार्टी फुटालेर जानेहरुलाई जनताले माफी नदिने बताए । पार्टीभित्र वहस स्वभाविक भएता पनि विखण्डनमा नै उन्मुख हुदाँ जनतामा नैराश्यता छाएको बताए ।
कम्युनिष्ट वर्गिय मुक्तिको लागी लड्दै आएको हो, तर पार्टीमा अहिले चरम अवसरवादी र पुँजीवादी नेताहरु हावी हुदाँ आज यो अवस्था आएको समेत बताए ।

यसैगरि कार्यक्रमका अध्यक्ष एवं प्रतिनिधीसभाका सदस्य केदार सिग्देलले पार्टी फुट जनताको चाहना विपरित भएको बताए । लामो समयसम्म एमालेमा रहेर विभिन्न राज्यको नेतृत्व सम्ममा रहिरहेको नेताहरुले कम्युनिष्ट आन्दोलनलाई नै वदनाम गरेको बताए ।
एमाले तनहुँका नेता कार्यकर्ताहरु एकढिक्का भएको तर लोभी, पापी र स्वार्थ केही तत्वहरु समाजवादी चोईटो तर्फ गएको बताए । एमालेवाट चोईटिएर जानेहरु जनतावाट तिरस्कृत हुने अध्यक्ष सिग्देलले बताए ।
पार्टी मुख्य कुरा हो, व्यक्तिको फेरो समातेर वैतरणी नतरिने समेत उनले बताए । विखण्डन हामीले भोगिसकेका छौ र त्यसको परिणाम पनि भोगिसकेका छौँ । कम्युनिष्ट पार्टीहरु एकजुट भएर देश र समाज निर्माणमा लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रिय सदस्य दधिराज सुवेदी, केन्द्रिय सल्लाहकार समिती सदस्य टुकराज सिग्देल, गण्डकी प्रदेश, सदस्य राम वहादुर गुरुङ्ग, प्रदेश कमिटी सदस्य नारायण खनाल, लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
पार्टीका सचिव भगवती न्यौपानेले संचालन गरेको कार्यक्रममा जिल्ला पार्टीका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले सहभागीहरुलाई स्वागत गरेका थिए ।












प्रतिक्रिया