
काठमाडौँ, २१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ७५३ र एन्टिजेन विधिबाट ३ हजार १२२ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८९७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ५६ हजार २१८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७४३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेको छ ।
मन्त्रालयका अनुसार ५१२ संक्रमित आइसीयुमा छन् भने १६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ४९ लाख ६२ हजार ७५९ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५५ लाख ७३ हजार ४१९ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया