१८ कार्तिक २०८३, बुधबार

धरानको बीपी प्रतिष्ठानमा तोडफोड

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भदौ । सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड भएको छ ।

नियमित काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपछि राजनीतिक दल सम्वद्ध युवाहरुले प्रदर्शन गरेका हुन् ।

आइतबारदेखि प्रतिष्ठानमा सुधारको माग राख्दै चिकित्सकहरु आन्दोलनमा रहेका छन् ।
सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै चिकित्सक र नर्सहरुसहित आन्दोलनमा उत्रिएका छन् ।

लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध युवाहरुले प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका बताइएको छ ।