
काठमाडौँ, २१ भदौ । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि अनुमोदन गराउने रणनीतिमा भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
एमसीसी पास गराउने प्रक्रिया अघि बढाउँदा देशभर आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर सरकारले चारवटै सुरक्षा निकायलाइ हाइ अलर्ट गराएको हो ।
यो महिनाभरी नै सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन गरिएको छ । एमसीसीको विरोधमा देशभर प्रदर्शन भइरहेको छ । त्यस्तै, सत्तारुढ गठबन्धनमा समेत विवाद उत्पन्न भएको छ ।












प्रतिक्रिया