शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

जनगायक जीवन शर्मालाई नेप्लिज अस्ट्रेलियनको सम्मान

दैनिक नेपाल २०७८ भदौ २० गते २२:१०

काठमाडौँ, २० भदौ । नेप्लिज अस्ट्रलियन क्लब हाउस ग्रुपले जनगायक जीवन शर्मालाई सम्मान गरेको छ ।

“सिमली छायाँमा बसी भरिया लामो सास फेरेको”, “सुकेर जाँदैन रुकेर रोकिँदैन झर्नाको पानी” जस्ता थुप्रै जनवादी गीत गाएर जनताको मनमा बस्न सफल गायक शर्माको योगदानको कदर गर्दै क्वबले सम्मान गरेको हो ।

सम्मानस्वरुप जनगायक शर्मालाई एक लाख पाँच हजार रुपैयाँ प्रदान गरिएको छ ।

गायक शर्माको निवासमै गएर सम्मान प्रदान गरिएको जनाइएको छ ।

शर्मालाई नेप्लिज अस्ट्रेलियनको अगुवाइ तथा आवद्ध सयौँ सदस्यहरुबाट शर्माका लागि सम्मानस्वरुप सहयोग गरेका छन् ।

त्यस्तै, अस्ट्रेलियामा रहँदै आएका राजु प्रसाद उपाध्याय, एजे राजवंशी, निराजन गौली, सुमन न्यौपाने, डा. महेश भण्डारी, विजय थापा काजी, दिक्पाल देव पंगेनी, दिपक पाण्डे, राजन नेपाल, सुवास लामिछाने, दिपक बिष्ट, सुरेश रेग्मी, सन्तोष आचार्य, ऋषि आचार्य, देव तिवारी, राजु मानन्धर, चुन्न क्षेत्री, दिलिप गिरी, प्रतिक सिग्देल, कृष्णा सापकोटा तथा बाबु केसीले आर्थिक सहयोग प्रदान गरेका छन् ।

शर्मालाई स्वर्णीम युगमार्फत सहयोग प्रदान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित