१८ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिसमक्ष भाषा तथा दलित आयोगको प्रतिवेदन प्रस्तुत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । –रासस