
बाँके, २० भदौ । सिआईबीको ईन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँडेको अभियोगमा सल्यान दार्माकोट गाउँपालिका–२ बस्ने ३२ वर्षीय दिपेन्द्र रोकायलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरूमा गई आफू सिआईबीको ईन्सपेक्टर हुँ भन्दै होटल तथा पसलहरूमा धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।












प्रतिक्रिया